काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन नौं दशमलव ६६ अंकले अंकले उकालो लागेको नेप्से परिसुचक आज पाँच दशमलव ५७ अंकले ओरालो लागेर २६ सय ७० दशमलव ७० बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १९ अंकले ओरालो लागेर चार सय ४६ दशमलव तीन बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २१ वटा कम्पनीहरुको ४९ हजार छ सय ३२ पटकको कारोबारमा एक करोड १३ लाख ८४ हजार सात सय २५ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ६३ करोड ७९ लाख ८१ हजार दुई सय ५० रुपैैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लाग्दा बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । यसदिन जलबिद्युत, बिकास बैंक, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लाग्दा बाणिज्य बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।