काठमाडौं । दुर्गा प्रसाईँ भारतमा पक्राउ भएको खुलासा भएको छ । यहि चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा उनलाई राज्यले मुख्य अभियुक्त बनाएको थियो । उनी राज्यबाट असुरक्षित भएपछि नेपालबाट भारततर्फ फरार भएको आसंका गरिएको थियो । प्रसाईँले हिजो एक भिडीयो सार्वजनिक गर्दै आफू २६ घण्टाभित्र सार्वजनिक हुने बताएका थिए ।
प्रसाईँले सामाजिक संजाल फेसबुकमा आफूले भारतको प्रहरीसमक्ष आत्मसमर्णपण गरेको बताएका छन् । भारतमा पक्राउ परेका प्रसाईलाई नेपाल प्रहरीले सम्यन्वयन गरेर ल्याउने समाचार स्रोतले बताएको छ । प्रसाईँ पक्राउ भएको कुरालाई भने नेपाल प्रहरीले आधिकारीक रुपमा पृष्ठी गरेको छैन ।
तिनकुनेमा भएको आन्दोलनमा झडप हुँदा प्रहरीको गोली लाग्दा सबिन महर्जनको ज्यान गएको थियो भने पत्रकार सुरेश रजकको एक घरमा जलेर संकास्पद तरिकाले मृत्यु भएको थियो ।
आन्दोलनमा संलग्नता रहेको भन्दै राप्रपाका सांसद ढवल संम्शेर राणा र रबिन्द्र मिश्रलाई प्रहरीले पक्राउ गर्दा दुर्गा प्रसाईँ भने फरार रहेका थिए ।यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।