काठमाडौं । एनएमबी क्यापिटल लिमिटेडले वित्तीय सचेतना प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लियो क्लब अफ कान्तिपुर, काठमाडौंका सदस्यका लागि लगानीसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो ।
रानीपोखरीस्थित दरबार हाई स्कुलमा वित्तीय लगानीसम्बन्धी जनचेतनामूलक र अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा पोर्टफोलियो अफिसर राहुल खड्का र स्किम सहायक लचना शाक्यले संयुक्तरूपमा कार्यक्रममा वित्तीय साक्षरताबारे प्रस्तुति दिएका थिए ।
सहभागीहरूलाई पुँजीबजारका विभिन्न पक्ष, गतिविधिहरूबारे जानकारी गराइएको थियो । कार्यक्रमपछि सहभागीहरूबाट सोधिएका विभिन्न जिज्ञासाहरूको सम्बोधन गरिएको कम्पनीले जानकारी दिएको छ ।