काठमाडौं । एरो फर्मास्युटिकल्सले प्राथमिक सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यही चैत २८ गतेका दिन ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा एरो फर्मास्युटिकल्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धवप्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता–पत्रमा हस्ताक्षर गरेको कम्पनीले जानकारी दिएको छ ।