पछिल्लो समय देशमा राजनीतिक सरगर्मी बढिरहेको छ । देशमा गर्मी बढेसँगै राजावादीहरूले सडक तताइरहेका छन् । ‘राजा आऊ, देश बचाऊ’ राजसंस्था फर्काउँछौँ भन्ने नारा लाग्ने गरेका छन् । एकथरी राजावादीहरूले आमनागरिकहरूमा भ्रम छरिरहेका छन् । देशलाई के भएको छ र राजा आएर देश बचाउनका लागि ? देश बिग्रेकै भए पनि के राजाले सपार्छन् र ? राजावादीहरूलाई कस्तो राजा चाहिएको हो पञ्चायत व्यवस्थाको जस्तो प्रत्यक्ष शासन गर्ने राजा चाहिएको हो कि आलंकारिक ? कि २०४७ सालको जस्तो संवैधानिक राजा चाहिएको हो । यदि पञ्चायती व्यवस्थाको जस्तो राजा चाहिएको हो भने सम्भव छ र होइन २०४७ सालको जस्तो संवैधानिक राजा चाहिएको हो भने अहिलेको राष्टपतिजस्तै आलंकारिक हो नि होइन र रबर स्ट्याम्प मात्रै हो । सरकार चलाउनेहरू त यिनै राजनीतिक दल र अहिलकै नेताहरू नै त हुन् नि । अनि राजा आउँदैमा देशको विकास देशको उन्नति र देशका भ्रष्टाचारी नेताहरूलाई कारबाही गर्ने कसले त ? बेरोजगारीको समस्या कसरी हल हन्छ त ? राजा त रबरस्ट्याम्प मात्रै हुन्छन् अनि राजा नै किन चाहियो र राजा चाहियो भनेर आन्दोलन किन गरिरहेको त ? अहिलेको समयमा पञ्चायतको जस्तो राजा ल्याउन सम्भव छ त ?
अहिलेका राजावादीहरूले नै भनिरहेका छन् अर्थात् राप्रपाका नेताहरूले नै भनिरहेका छन् कि उनीहरू हिन्दुराष्ट्र र सेरेमोनियल राजा चाहिएको हो भनेर अनि वास्तविकता नै नजाने नि केही नागरिकहरू राजावादीको पछि लागि परिरहेका छन् । विश्वमा गणतन्त्रको विकल्प छन् र गणतन्त्र नै विश्वमा राम्रो व्यवस्था हो भनेर त प्रमाणित नै भइसकेको छ नि । पञ्चायति व्यवस्था फालेर गणतन्त्र ल्याएको त नागरिकहरूले नै हो नि । राजतन्त्रलाई फालेर गणतन्त्र ल्याएका जनताहरूले केही स्वार्थ व्यक्तिहरूको लहलहैमा लागेर राजा चाहियो भनेर आन्दोलन गरेर हिंसात्मक गतिविधि समेत भइरहेको छन् । गणतन्त्रको स्थापनापछि केही राजनीतिक नेताहरूले बदमासी गरेको पक्कै हो, सरकारमा बस्ने सरकार चलाउने नेताहरू भ्रष्टाचारमा डुबेका आफ्ना आसेपासेहरूलाई मात्रै पोसेको पक्कै हो । यस्ता नेताहरूलाई त आमनागरिकहरूले आम मतदाताहरूले पाखा लगाउन सकिन्छ । लोकतन्त्रमा आमनागरिकहरूने बलवान हुन्छ । त्यस्ता नेताहरूलाई फाल्ने ताकत आमनागरिकहरूमा छनै । यिनीहरूलाई आम मतदाताहरूले नै फाल्न सक्छ नि । भ्रष्टाचारी नेतालाई फाल्ने आमनागरिकहरूको हातमा छ नि । समय आएपछि यिनीहरूलाई जनताले नै पाखा लगाउँछन् । अनि राजा किन चाहियो केही छट्टु नेता भन्नेहरूले राजा आऊ देश बचाऊ भनेर भ्रम छरेर आमनागरिकहरूलाई लडाइरहेका छन् । चैत्र १५ गतेको आन्दोलनमा के भयो त ? हिंसा भड्काइयो, हिंसा भड्काउने आन्दोलका कमान्डर देशबाट नै भागे ।
त्यसो त पछिल्लो समयमा राजा आऊ देश बचाऊ राजालाई फर्काउँछौँ भनेर नारा बनाई आन्दोलन गर्नेहरू सडक तताउनेहरू अधिकांश राजाको पञ्चायतको शासन राजाको प्रत्यक्ष शासनको अनुभव नगर्ने र नदेखिने नै रहेका छन् । गणतन्त्रमा आमनागरिकहरूको सन्तानहरू प्नि राष्ट्रपति हुन सक्ने व्यवस्था नहुने कस्ता नागरिकहरू हुन् ? राजाहरूको रैति बन्न मन पराउनेहरू कस्ता हुन् ? अचम्म छ । राजावादीहरूले भनेजस्तो पूर्वपञ्चहरूले भनेजस्तो पञ्चायती व्यवस्थामा बनेका उद्योगहरू बेच्ने काम मात्र भएको हो त ? बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि केही पनि विकास निर्माणका काम नभएको हो त ? पञ्चायतकालमा एउटा टेलिफोन लिन आमनागरिकहरले १० वर्ष लाइनमा बस्नपर्छ र पाँच हजार त धरौटी राख्नुपर्छ । त्यसबेला एउटा टेलिफोनको लाख रुपैयाँसम्म लिएर बेच्ने गरेका छन् । अहिले आवेदन दिएको भोलिपल्ट टेलिफोन जडान हुन्छ, धरौटी पनि राख्नुपर्दैैन । त्यसबेला एउटा मात्र हाइड्रो पावर कम्पनी थियो । अहिले एक सयभन्दा बढी हाइड्रोपावर कम्पनीहरू सञ्चालनमा छन् । पञ्चायतकालमा राजाको प्रत्यक्ष शासनकालमा जम्मा दुई वटा बैंकहरू स्थापना भएको थियो । २०२० सालमा राष्ट्रिय वाणिज्य बंैक र २०२४ सालमा कृषि विकाश बैंक । अहिले वाणिज्य बैंकहरू मात्रै २० वटा सञ्चालनमा छन् ।
त्यसबेला तीन वटा सिमेन्ट उद्योग थियो, अहिले दर्जनौँ सिमेन्ट उद्योगहरू छन् । नेपालमा बनेका सिमेन्टहरू विदेशमा समेत निर्यात हुने भइसकेका छन् । त्यसबेला मुटुको रोग लाग्यो भने मुटुको अपरेसन गर्न विदेश जानुपथ्र्यो अहिलेजस्तो मुटुको रोग पनि नेपालमा नै अपरेसन हुने भएको छ । महँगो पैसा खर्च गरेर विदेश धाउनुपर्दैैन । हो अहिलेका केही नेताहरूले सरकारको आडमा सत्ताको आडमा उन्मादमा अनियमितता र भ्रष्टाचार गर्ने गरिरहेका छन् । सत्ताको आडमा अकुत सम्पत्ति पनि कमाइरहेका छन् । गाउँबाट चप्पल लगाएर काठमाडौं आएकाहरूले राजनीति गरेर काठमाडौंमा महल खडा गरेर बसेका छन् ।
सुनकाण्ड भुटानी शरणार्थी काण्ड वाइडबडी काण्डजस्ता काण्ड पनि नगरेका होइनन् । अनि के राजा आउँदैमा यो सबै समाप्त हुन्छ त ? यिनीहरूलाई कारबाही हुन्छ त ? हातमा घाउ लाग्यो भने औषधि गर्ने कि हातै काटेर फाल्ने ? यिनीहरूलाई हटाउन वा पाखा लगाउन जनता आफैँ सक्षम छन् । यिनीहरूलाई हटाउने त आमनागरिक र आममतदाताहरू नै हुन नि । आमनागरिक भएर आनन्दले बसेका ज्ञानेन्द्र शाहलाई किन बीचमा ल्याएर बदनाम गर्छौ राजावादी भनेर भन्नेहरू ? ज्ञानेन्द्र शाहले आफ्नो दाइको परिवारलाई त बचाउन सकेनन् आफ्नो एक्लो छोरा पारस शाहलाई त दुव्र्यसनीबाट बचाउन सकेनन् भने देश र जनतालाई कसरी बचाउँछन् । राजा आऊ देश बचाऊ भन्ने जनताहरूमा अलिकति पनि दिमाग छैन र बैंकको लोन लिएर नतिर्ने मेडिकल माफिया भन्नेको पछि नलाग्नुस् । सचेत नागरिक बन्नुस् । हामी आमनागरिक नै देशका लागि आमनागरिकलाई नराम्रो सोच्नेलाई तह लगाउनका लागि यही व्यवस्थाबाट नै सकिन्छ । व्यवस्था परिवर्तन होइन अवस्था परिवर्तन गर्नेतिर लाग्नुस् ।