काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो वाई–सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई–२९ सार्वजनिक गर्ने तयारी गरेको छ । यही महिनामा औपचारिकरूपमा सार्वजनिक हुने यो स्मार्टफोन विगतमा अत्यन्तै सफल रहेको भिभो वाई–२८ को उत्तराधिकारीको रूपमा आएको हो ।
भिभो वाई–२९ केवल स्मार्टफोन मात्र नभई एक दमदार स्टाइल स्टेटमेन्ट हो । प्रारम्भिक जानकारीअनुसार आकर्षक मेटालिक हाइ–ग्लोस फ्रेममा तयार गरिएको यो डिभाइस नोबल ब्राउन र एलेगेन्ट ह्वाइट रंग विकल्पहरूमा उपलब्ध हुनेछ, यसले फेसनप्रेमी प्रयोगकर्ताहरूलाई विशेष ध्यानमा राखेको देखिन्छ । यस फोनको सबैभन्दा प्रमुख विशेषता भनेको यसको ६५ सय एमएएच पावरफुल ब्याट्री हो, जसमा ४४ वाट फ्ल्यास चार्ज सुविधा छ । एन्टी–ड्रप अर्मर डिजाइन र स्कट ग्लासको प्रयोगले यसलाई अल्ट्रा–रिलायबल डिभाइस बनाएको छ । प्रोसेसिङ क्षमता हेर्दा, यसमा क्वालकम स्न्यापड्रैगन छ सय ८५ चिपसेट प्रयोग गरिएको छ, जुन ८/८ जीबीको विस्तारित र्यामको साथ आउँछ, जसले यसलाई स्मुथ मल्टीटास्किङ र ल्याग फ्रि पर्फमेन्सको लागि सक्षम बनाउँछ ।
मनोरञ्जनप्रेमी प्रयोगकर्ताका लागि यो डिभाइस एक सम्पूर्ण प्याकेज हो । यसमा ५० एमपी मुख्य क्यामेरा, एक सय २० हर्ट्ज रिफ्रेस रेट भएको टीयूभी राइनल्यान्ड लो ब्लु–लाइट डिस्प्ले र चार सय प्रतिशत अडियो बुस्टसहितको डुअल स्टिरियो स्पिकरजस्ता फिचरहरू छन् । यसले ग्यामिङ, स्ट्रिमिङ वा भिडियो कलिङलाई अझ रोमाञ्चक बनाउँछन् । नयाँ पुस्ताका प्रयोगकर्ताहरूको सबै आवश्यकतालाई ध्यानमा राख्दै, भिभो वाई–२९ छिट्टै नेपाली बजारमा आगमन गर्न लागेको कम्पनीको भनाइ छ ।