काठमाडौं । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईबेल ड्राइभ गर्ने ग्राहकलाई स्काईबेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ । ‘स्काईबेल ड्राइभ–२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भई स्काईबेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् ।
स्काईबेल ‘विई ११’ तथा ‘स्काईबेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिनेछ । स्काईबेल युरोपियन बजारमा लोकप्रिय ब्रान्ड हो । युरोपेली सुरक्षा मापदण्डअनुसार बनेको स्काईबेल विई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ समेत प्राप्त गर्न सफल भइसकेको छ । त्यसैगरी चीनबाट निर्मित ईभीमा ईयु सर्टिफिकेसन प्राप्त गर्ने पहिलो प्रडक्ट पनि हो । कम्पनीका अनुसार अत्यन्त आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काईबेल नेपालमा उपलब्ध पहिलो र एक मात्र ‘रियल ईभी एसयुभी’ हो । काठमाडौंबाट नेपालको कुनै पनि गन्तव्यमा सिंगल चार्जमा सजिलै पुग्न सकिने स्काईबेलले दिने छ सय २० किलोमिटरको रेन्जले स्काईबेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो ।
हाईअर स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाइनिज ईभी बिरलै पाइन्छन् । यसमा स्काईबेलले भने बाजी मारेको छ । युरोपेली मुलुकहरूमा स्काईबेलले राम्रो सफलता हात पारेको छ । यसलाई यथार्थमा पुष्टि गर्ने र ग्राहकलाई आफ्ना सवारीसाधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपेरियन्स गराउने उद्देश्यका साथ स्काईबेलको आयातकर्ता जी मोटर्स प्रालिले यो विशेष योजना ल्याएको हो । ‘स्काईबेल ड्राइभ–२०२५ नेपाल टु युरोप’ योजनाअन्तर्गत स्काईबेलका जुनसुकै एसयुभी खरिदकर्ता कप्लसले युरोपमै गएर स्काईबेल ड्राइभको मौका प्राप्त गर्नेछन् ।