काठमाडौं । नेपाल बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकलाई भक्तपुरको कौशलटारमा रहेको भक्तपुर इन्टरनेसनल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा दुवै पक्षबीच बिहीबार सम्झौता भएको बैंकले जानकारी दिएको छ ।
सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको पाँच प्रतिशतदेखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता–पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेसनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकले अस्पतालबाट प्रदान गरिने ओपीडी, गाईनो, इसीजी, ईईजी, एक्सरेलगायतका सेवाहरू छुट प्राप्त हुनेछ ।