काठमाडौं, साउन १५
सिद्धार्र्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै एसएमई कर्जा अर्थात् साना तथा मझौला कर्जामा आकर्षक योजना ल्याएको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकहरूले नौ दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । कोभिड १९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिका बाबजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न ‘उद्देश्यकोे जस्तोसुकै परिस्थिति होस्, नरोकियोस् केही गर्ने जोस’ भन्ने नारासहित यो योजना ल्याएको हो ।
सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिनसक्ने बैंकले अपेक्षा लिएको छ । यो योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका साना तथा मझौला व्यवसायहरूलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।