काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । नयाँ बर्ष २०८२ सालको पहिलो कारोबार दिन आज मंगलबार नेप्से परिसुचक २७ दशमलव १४ अंकले उकालो लागेर २६ सय ८९ दशमलव २२ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य सात अंकले उकालो लागेर चार सय ५० दशमलव ५२ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ६९ हजार तीन सय ६४ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार आठ सय ८७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।