काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ सेवा प्रदायक एफवान सफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको, नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहकहरूले आईफोन १६ जित्न सक्नेछन् ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) मार्फत एक सय रूपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ । योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिनेछ । यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।
नयाँ वर्ष २०८२ ले यहाँहरूमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहकहरूसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
एनआईसी एसिया बैंकको ऋणपत्र बाँडफाँट कार्य
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न भएको छ । बैंकले जारी गरेको पाँच अर्ब रुपैयाँ बराबरको ‘सात प्रतिशत एनआईसी एसिया डिबेञ्चर—२०९१’ नामक ऋणपत्र बाँडफाँट सम्पन्न भएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यो ऋणपत्र चैत २५ गतेदेखि २८ गतेसम्म निष्काशन गरेको थियो । रितपूर्वक आवेदन दिएकाहरूलाई चैत ३१ गते उक्त ऋणपत्र बाँडफाँट गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलको भनाइ छ ।
एक हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ताको कुल निष्काशनमध्ये ४० प्रतिशत अर्थात् दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत तीन अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिएको छ । सार्वजनिक निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् एक लाख हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो । बाँडफाँटमा परेको ऋणपत्रको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट वा सीडीएस एन्ड क्लियरिङबाट सञ्चिालिन वेबसाइटमार्फत हेर्न सकिनेछ । १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक सात प्रतिशत दरले व्याज भुक्तानी हुने बैंकले जानकारी दिएको छ ।