काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईआ) अशोक शेरचनको मुद्दामा अन्तरीम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको हो । शेरचन प्रभु र सेन्चुरी बैंकको मर्जरपछि पुनः सीईओ नियुक्त भएका थिए ।
त्यसरी बन्न नपाइने भनी परेको रिटमा उच्च अदालत पाटनले उनीविरुद्धको रिट खारेज गरिदिएको थियो । त्यसपछि शेरचन उच्चलाई समेत विपक्षी बनाएर सर्वोच्च गएका थिए । उच्च अदालतको आदेशले उनलाई बैशाख ९ गतेबाट स्वतः अवकाश पाउने भनेको थियो । अहिले सर्वोच्चको आदेशले भनिे शेरचनलाई पूरा कार्यकाल २०८३ माघ ११ गतेसम्म बैंकको नेतृत्व गर्न सक्नेछन् ।