काठमाडौं । कुमारी बैंकले नयाँ योजना ल्याएइको छ । ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौँ’ योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन्, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता एक सय जनालाई एक सय रूपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा एक सय रूपैयाँको मोबाइल टपअप र कम्तीमा पाँच सय रूपैयाँको फोन पे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार (आईफोन १६)को लागि स्वतः योग्य हुनेछन् ।
यसअन्तर्गत प्रत्येक हप्ता एक सय जना भाग्यशाली विजेताहरूले एक सय रूपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागीमध्येका एक जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप नयाँ आईफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना एक वैशाख २०८२ देखि ३१ वैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ । यस योजनाले ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वासका साथ मोबाइल टपअप र फोन पे डाइरेक्ट कारोबारलाई प्रवद्र्धन गर्दै, डिजिटल बैंकिङ सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैंकले राखेको छ ।
बैंकले हाल आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १६ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।