काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी पुनः नियुक्त भएका छन् । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भानु नगरपालिका–११ स्थायी ठेगाना भएका जोशीलाई दोस्रो कार्यकाल आगामी वैशाख १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारीमा नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।