काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ । स्थापनाकालदेखि नै ‘निरन्तर सहयात्रा’ गर्दै आएका कीर्तिमानी पर्वतारोही शेर्पा ३१औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना बैंकले व्यानर हस्तान्तरण गरेको हो ।
लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर दुई पटकसम्म सर्वोच्च शिखर सगरमाथामा कीर्तिमानी पर्वतारोही शेर्पाले पुर्याइसकेका छन् । उक्त कार्यक्रममा पुनः तेस्रो पटक यस बैंकको लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुर्याउनका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले कीर्तिमानी पर्वतारोही शेर्पालाई हस्तान्तरण गरेका हुन् ।
कीर्तिमानी पर्वतारोही शेर्पा विगत दुई दशकदेखि यस लुम्बिनी विकास बैंक लिमिटेडमा ‘निरन्तर सहयात्री’ बनी आबद्घ रहेका छन् । उनको यो कीर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१ औँ आरोहण गर्न लागेको जानकारी दिए । उनको यस साहसिक कार्यले लुम्बिनी विकास बैंक लिमिटेडलाई गौरवान्वित बनाएको छ ।
देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको बैंकको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।