काठमाडौं । समृद्धि फाइनान्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले पदभार ग्रहण गरेका छन् । फाइनान्सका अनुसार मंगलबार घिमिरेले फाइनान्स सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईसँग सथप ग्रहण गरेसँगै पदभार ग्रहण गरेका हुन । सञ्चालक समितिको फागुन २८ गते सम्पन्न ५१४ औं बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी अवकाश भएका घिमिरेसँग गोर्खाज फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव समेत छ । नेपाल राष्ट्र बैंकमा नै रहँदा समस्याग्रस्त नेपाल सेयर मार्केट फाइनान्समा व्यवस्थापन प्रमुख भएर कार्य गरेको अनुभव समेत रहेको छ । नियामक निकाय र वित्तीय संस्थामा कार्यानुभव भएका घिमिरेको कार्यकालमा समृद्धि फाइनान्सले समृद्धिको यात्रा चुम्ने विश्वास फाइनान्सले लिएको छ ।