काठमाडौं । बाल यौन दुरुपयोग मुद्दामा जोडीएका तपस्वी रामबहादुर बमजनलाई उच्च अदालतले सफाइ दिएकोे पाइएको छ । उनलाई उच्च अदालत जनकपुरले गत चैत ६ गते नै सफाई दिएको खुलासा भएको हो । सफाई पाएपछि उनी करिब एक महिना अगाडीनै थुनामुक्त भएको पाइएको छ । उनलाई उच्च अदालतका न्यायाधीश नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले जिल्लाको फैसला उल्टी हुने ठहर गरेको थियो ।
यसै मुद्दामा मकवानपुरको थाहा नगरपालिका वडा नं ७ घर भएका तोप्चेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भएका जेबी गुरु भन्ने जितबहादुर तामाङले भने जिल्ला अदालतबाटै सफाइ पाएका थिए।यी दुई जनामाथि बमजनलाई लुकाउन र भगाउन भूमिका खेलेको अभियोग थियो।