काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार आठ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलाम प्रक्रियामार्फत् बिक्रीमा राखिएको हो । उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको बैंकले जानकारी दिएको छ ।
सेयरको प्रतिकित्ता न्यूनतम मूल्य एक सय एक रूपैयाँ तोकिएको छ । इच्छुक सेयरधनीले खरिद आवेदन दिँदा घटीमा एक लाख २५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग राख्न सक्नेछन् ।
बैंकका अनुसार सेयर खरिदको लागि वैशाख २ गतेदेखि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति वैशाख ९ गते तोकिएको छ । इच्छुक संस्थापक सेयरधनीले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडबाट आवेदन फाराम प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।