काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं सांसद धवलशमशेर जबरा छुट्ने भएका छन् । उनी तीनकुनेको प्रदर्शन अराजक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ परेका थिए ।
गृह मन्त्रालय स्रोतका अनुसार उनी क्यान्सरका बिरामी भएका कारण उपचार गर्नका लागि थुनाबाहिर बस्नेगरी छुट्न लागेका हुन् । उनीमाथि लागेको आरोपबारे भने प्रहरीले अनुसन्धान जारी नै राख्ने स्रोतले जानकारी गराएको छ ।
गएको चैत १५ गते तीनकुनेमा आयोजना गरिएको प्रदर्शन अराजक बन्दा पत्रकार सुरेश रजक र सविन महर्जन दुईजना को ज्यान नै गएको थियो । प्रहरीले राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवालशमेशर जवरालाई सोही घटनाको अनुसन्धानका लागि पक्राउ गरेको थियो ।