काठमाडौं । शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी ए५ एक आकर्षक र अनुपम विशेषताहरू समेटिएको स्मार्टफोन हो । जसमा स्पष्ट फोटो, लामो ब्याट्री लाइफ, सहज सञ्चालन र आकर्षक डिजाइन प्रदान गर्ने क्षमता रहेको छ । प्रयोगकर्ताहरूका दैनिक आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको, रेडमी ए५ ले स्मार्ट फोनको सम्पूर्ण अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
‘खुसीको ग्यारेन्टी, दुई वर्षे वारेन्टी’ ट्यागलाइनसहित आएको यस रेडमी ए५ मा दुई वर्षको वारेन्टी भएकाले निर्धक्कसँग लामो समयसम्म फोन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । उच्च गुणस्तरको ३२ मेगापिक्सेल डुअल क्यामेरा सिस्टम, एक सय २० हर्ज रिफ्रेस रेटका साथ छ दशमलव ८८ इन्चको ठूलो डिस्प्ले, लामो समयसम्म चल्ने ५२ सय एमएएच ब्याट्री र प्रयोगकर्ताहरूलाई पूर्ण स्मार्टफोनको अनुभव दिलाउन शक्तिशाली अक्टा–कोर प्रोसेसरलाई रेडमी ए५ ले संयोजन गरेको छ ।
नाइट फोटोग्राफी, आई कम्फर्ट डिस्प्ले, स्लिक डिजाइन, डायनामिक मेमोरी विस्तार र टिकाउ निर्माणजस्ता सुविधासहित, रेडमी ए५ लाई किफायती मूल्यमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दै प्रयोगकर्ताहरूको दैनिक आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको हो । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वी यसबारे बोल्दै भने, ‘नेपालमा रेडमी ए५ प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व लागेको छ । यो स्मार्टफोन सबैको पहुँचयोग्य मूल्यमा स्टाइलिस डिजाइन, सहज कार्यसम्पादन र भरपर्दो फोटोग्राफी सुविधासहित आएको छ । ३२ मेगापिक्सेलको क्यामरा, ठूलो र उज्यालो एक सय २० हर्ज डिस्प्ले र लामो समयसम्म टिक्ने ब्याट्रीसहित, रेडमी ए५ हाम्रा प्रयोगकर्ताहरूको दैनिक आवश्यकताहरू पूरा गर्न बनाइएको हो ।’
एआई डुअल क्यामेरासँग स्पष्ट फोटोहरू
शक्तिशाली ३२ मेगापिक्सेल एआई डुअल रियर क्यामेरासहित, रेडमी ए५ ले सजिलैसँग स्पष्ट र विस्तृत फोटोहरू खिच्छ । पोट्र्रेट वा ल्यान्डस्केपजस्तो फोटो भए पनि यसको स्मार्ट क्यामरा प्रणालीले प्रत्येक सटलाई उत्कृष्ट बनाउँछ । साथै, यसमा भएको नयाँ स्टाइलिस क्यामरा वाटरमार्कले फोटोहरू अझै आकर्षक बनाउँछ ।
चम्किने फ्रन्ट क्यामेरा
सेल्फीप्रेमीहरूका लागि ८ मेगापिक्सेल फ्रन्ट क्यामेराले सधैँ पर्फेक्ट सट दिन्छ । चाहे भिडियो कल वा सेल्फ–पोट्र्रेट, यसमा समावेश भएको फिल लाइटले अँध्यारो वातावरणमा समेत अनुहारलाई उज्यालो देखाई हरेक सटको गुणस्तर उत्कृष्ट रहन्छ ।