काठमाडौं । एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने भएको छ । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत एक सय रुपैयाँ वा सोभन्दामाथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउँछन् । एनसेल एप ग्राहकहरूको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधाहरूसहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो ।
एनसेल एपमार्फत एक सयदेखि दुई सय रुपैयाँसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले एक दिनको लागि दुई सय एमबी बोनस डेटा प्राप्त पाउनेछन् । यस्तै, दुई सय वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा तीन दिनको लागि मान्य हुने पाँच सय एमबी बोनस डेटा पाइन्छ । स्क्य्राच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू नहुने कम्पनीले बताएको छ । यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिन्छ । यसका साथै ग्राहकहरूले एनसेल एपमार्फत एपमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरी त्यसको फाइदा लिन सक्छन् । ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम कम्पनीको भनाइ छ ।
एनसेल एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैँ अन प्याकहरू, सधैँ अन रिन्युअल प्याकहरू लिन, अनलाइन रिचार्ज गर्न सक्ने छन् । आफ्नो सेवा प्रयोगको विवरण हेर्न र डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्छन् । अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचारहरूको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवालगायत थुप्रै सेवाहरू समावेश छन् ।
विभिन्न उद्देश्यले छिटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकहरूका लागि पनि एनसेल एप एक प्रभावकारी सेल्फ सर्भिस एप हो, जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्दछ । एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी विभिन्न सुविधाहरूको लिन सक्ने एनसेलले बताएको छ ।