काठमाडौं । सिंहदरबारभित्रै सहरी विकास मन्त्रालयअगाडिको सडकमा संसदीय दलका नेता राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपाका सात सांसदले प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका छन् । प्रहरीले उनीहरूको प्लेकार्ड खोसेर च्यातिदिएको छ ।