काठमाडौं । यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार थाइल्याण्डको बैंकक प्रस्थान गरेकी छिन् ।