काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशीला रोकालाई ‘सरल सावधिक जीवन बीमा योजना’को प्रडक्ट एम्बासडर (सद्भावना दूत) २०२५ घोषण गरेको छ । रोका कम्पनीको मासिक स्किमअन्तर्गत देशभरका अभिकर्तामध्येबाट उत्कृष्ट व्यवसाय गरी ‘सरल सावधिक जीवन बीमा’ योजनाको सद्भावना दूत हुन सफल भएकी हुन् । यसै कार्यक्रममा कम्पनीले उहाँको ब्यानर र प्रचार सामग्री अनावरण गरेको छ । यसले अभिकर्ताहरूमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई काम गर्न प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले आफ्ना अभिकर्ताहरूलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरीयसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै जाने बताए ।