काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थ छ किलोग्रामसहित चितवन राप्ती नगरपालिका–११ कोराक बस्ने २५ वर्षीय बाबुराम तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट कलैयातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–६ स्थित सडकबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ३२ ट्याब्लेटसहित सोही नगरपालिका–१२ दुर्गा टोल बस्ने २६ वर्षीय मो.इस्माइल अलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।