काठमाडौँ । आज फेरि नेपाली बजारमा सुनको मुल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको हुँदा त्यसको असर स्थानीय बजारमा पनि परेको छ । स्थानीय बजारमा सुनको भाउ सोमबारको तुलनामा मंगलबार तोलामा छ हजार ९००ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार एक तोला सुनको मूल्य एक लाख ९७ हजार ९०० कायम भएको जनाएको छ । अन्तरराष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।