काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अवस्था निकै चुनौतीपूर्ण रहेको बताउँदै शिक्षकको अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओली एक दिन पनि सरकारमा बस्न नहुने बताएका छन् । सरकारका गलत कामहरु हजारौँ भएको भन्दै अध्यक्ष दाहालले शिक्षकलाई अपमानित गर्ने र गाली गर्ने सरकारलाई राख्न नमिल्ने बताए ।