काठमाडौँ । पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट ६ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गरेका छन् ।
प्रधानमन्त्री ओलीले स्थापना दिवसका अवसरमा मंगलबार पार्टीद्वारा आयोजित कार्यक्रममा रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत )दाङ) र हरिचरण शिवाकोटी (झापा)लाई उक्त सम्मान प्रदान गरेका हुन् ।