मुस्ताङ । भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टर बुधबार मुस्ताङ पुगेका छन् । उनका साथमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय टोली पनि मुस्ताङ पुगेका हुन् ।
उक्त टोलीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।
मनोहरलाल खट्टरले बुधबार मुक्तिनाथ मन्दिरमा दर्शन गर्नुका साथै पूजार्चना गरेका छन् । उनका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे । मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टोलीलाई टीका र प्रसाद प्रदान गरेका थिए ।