काठमाडौं । नेपाली कांग्रेसका देउवा निकट नेताहरु अर्का नेता शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा छलफलमा जुटेका छन् । बिहीबार पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत पुगेका छन् । साथै ऊर्जा मन्त्री दीपक खड्का, केन्द्रीय सदस्यहरू एनपी साउद, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, नैनसिंह महर, गुरू बराल, अम्बिका बस्नेत, शिव हुमागाईं, राजीब ढुंगाना, उर्मिला थपलियालगायत पनि पुगेका छन्।