काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा बिहीबार काठमाडौंमा चियापान आयोजना गर्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रविरुद्ध आवाज उठाउन थालिएको भन्दै यसका पक्षमा एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
कोइरालाले नेताहरूले मात्र लोकतन्त्र नजोगाउने टिप्पणी गर्दै नेपालको विकास विकेन्द्रीकरणबाट हुने भन्दै नेताहरूको केन्द्रीकृत सोच बाधक बनिरहेको बताए । कार्यकर्ताहरुले नेताकेन्द्रित हुन छोड्नुपर्ने भन्दै उनले वर्तमान व्यवस्थाका पक्षमा जनमत बनाउन नेताहरूले आफ्नो सोच बदल्नुपर्ने बताए ।
चियापान कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशरण महतसहित कार्यकर्ताहरुको उपस्थिति थियो ।