काठमाडौं । भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका सुदीप न्यौपानेको त्रिवेणीमा अन्त्येष्टि गरिएको छ । उनको शव श्रीनगरबाट बिहीबार बिहानै बुटवल घरमा ल्याइएको हो ।

उनको शवलाई घरमा केहीबेर राखेर अन्त्येष्टिका लागि त्रिवेणीमा लगिएको थियो । सुदीप आमा, बहिनी र ज्वाइँसहित कश्मीर घुम्न गएका थिए ।