काठमाडौं । रामदा एन्कोर काठमाडौं र अन्तर्राष्ट्रिय नेतृत्व विकास संस्था इम्प्याक्टबीच सहकार्य भएको छ । बुधबार एक कार्यक्रमका बीच अमेरिका मुख्यालय भएको इम्प्याक्ट र एन्कोरबीच सहकार्यको सहमति भएको हो ।
उच्चस्तरीय सेवा अनुभव, कर्मचारी सशक्तीकरण र अन्तर्राष्ट्रियस्तरको नेतृत्व मापदण्ड स्थापनालाई केन्द्रमा राखेर गरिएको उक्त सहकार्यले नेपाली हस्पिटालिटी क्षेत्रलाई दीर्घकालीन परिवर्तनतर्फ अग्रसर गराउने विश्वास दुवै पक्षले लिएको छ ।
सम्झौताअनुसार इम्प्याक्ट येसले मनोविज्ञानमा आधारित व्यावहारिक तालिम, नेतृत्व सक्षमता विकास र अतिथि–केन्द्रित कार्यशैलीका अन्तर्राष्ट्रिय विधिहरू रामदा एन्कोर काठमाडौंमा कार्यान्वयनमा ल्याउनेछ ।
इम्प्याक्ट येसले श्रीलंका र संयुक्त अरब इमिरेट्सतर्फ विस्तारको योजना बनाएको छ र नेपालमा प्रयोगमा ल्याइने नेतृत्व कार्यक्रमहरू एक अद्वितीय व्यावहारिक मूल्यांकन विधि र नेतृत्व, उद्यमशीलता, मार्केटिङमा आधारित रहनेछन् ।