‍काठमाडौं । बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको बैठकमा प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्ने तय भएको बताएका हुन् ।

संसद् बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ । नेताहरूले बजेट अधिवेशनमा शिक्षा र निजामती विधेयक पनि अघि बढाइने तयारी रहेको जानकारी दिए ।