काठमाडौं : नेपालमा एमसिसि परियोजना रद्द होस भनेर दिनरात धुप हाल्ने र एमसिसि परियोजना रद्द भएको अपुष्ट समाचार आउँदा बुरुक्क तीन हात उफ्रिएर खुशियाली मनाउने देश विकासको स्वरुप हेर्न नचाहने गैह्रजिम्मेवार व्यक्तिहरुका लागि फेरी एउटा अप्रिय समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार अमेरिकाले लागु गरेको एमसिसि परियोजना अपवादका रुपमा नेपाल लगाएत चार देशमा रद्द नहुने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर लागु भएको एमसिसि परियोजना नेपाल मंगोलिया सेनेगल र आइभरी कोष्टको हकमा रद्द नहुने भएको समाचार संस्था रोयटर्सले बताएको छ । रोयटर्सका अनुसार नेपाल र सेनेगलको प्रसारण लाइन परियोजना, मंगोलियाको फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टको विद्यालयसम्बन्धी परियोजनाले निरन्तरता पाउनेछन् ।