मोरङ । १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका–१ बस्ने २० वर्षीय आबिद अलि (मिया)लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अलिले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका–१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।