काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रामपुरमल्हनियास्थित सडकमा स.१ त ५०८३ नम्बरको ट्याक्टर बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय जितेन्द्र यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।