काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले ग्राहकका लागि नयाँ अप्सनका रूपमा ‘च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ ।
यो अप्सनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका एक हजारभन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् । ती उत्पादनहरूको न्यूनतम मूल्य एक सय ३० रुपैयाँदेखि सुरु हुने जानकारी दिइएको छ । साथै, कम्पनीका तर्फबाट ती उत्पादनहरूको खरिदमा विशेष अफर तथा उन्नत लजिस्टिक सहयोग पनि प्रदान गरिनेछ । ‘च्वाइस’ले एकै कार्ट र एकै वेयर हाउस प्रणालीमार्फत किनमेल प्रक्रियालाई अझ सहज बनाउने कम्पनीको विश्वास छ । यस प्रणालीले एकैपटक धेरै सामग्री किन्न, एकदेखि तीन दिनभित्र द्रूत डेलिभरी प्राप्त गर्न, तथा तीन वा सोभन्दा बढी सामान खरिद गर्दा फ्रि डेलिभरीको सुविधा समेत उपलब्ध उपलब्ध गराउने छ ।
साथै, ४ वा सोभन्दा बढी सामग्री खरिद गर्ने ग्राहकले उपलब्ध स्टकमा आधारित भएर पहिलो आउनेलाई पहिलो प्राथमिकता दिइने फ्रि गिफ्ट पाउने सुविधा पनि प्राप्त गर्नेछन् । त्यसैगरी, १४ दिनसम्मको विनाझन्झट फिर्ता नीति र ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’ तथा ‘फ्ल्यास सेल्स’जस्ता रोमाञ्चक अफरहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । दराजको पेडे सेल (अप्रिल २५ देखि २९ सम्म) सँगै सुरु गरिने ‘च्वाइस’मा ग्राहकहरूले ग्रोसरी, हाउसहोल्ड, पर्सनल केयर, मदर एन्ड बेबी, तथा हेल्थ एन्ड ब्युटीलगायतका विविध कोटामा युनिलिभर, प्रोक्टर एन्ड ग्याम्बल, ब्रिटान्निया, डाबर, गोद्रेज, पिल्ग्रिम, बेर एनाटमीलगायत पृथक तथा ट्रस्टेड ब्रान्डमध्येबाट छानिएका उत्पादनहरू खरिद गर्न सक्नेछन् ।
दराज एपमा होमपेज तथा ‘च्वाइस’ सर्च फिल्टरमार्फत यो अप्सनमा सजिलै प्रवेश गर्न सकिने छ । यसले प्रयोगकर्तालाई सहज, सरल र उपयोगकर्तामैत्री अनुभव प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ । दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले ग्राहकहरूको स्तरीय किनमेल अनुभवप्रतिको बढ्दो अपेक्षालाई दृष्टिगत गर्दै ‘च्वाइस’ अप्सनको सुरुवात गर्न लागेको बताइन् । उनका अनुसार गुणस्तरीय उत्पादनहरू उपयुक्त मूल्यमा, छिटो र निःशुल्क डेलिभरी सुविधासहित उपलब्ध गराउँदै दराजले आफ्नो ब्रान्ड वाचालाई अझ बलियो बनाएको छ । अप्सनका साथमा उपलब्ध हुने सजिलो फिर्ता नीतिले उपभोक्ताको किनमेल अनुभव अझै सरल र भरपर्दो बनाउने उनले बताइन् ।
कम्पनीका अनुसार च्वाइसको अवधारणा विशेषगरी बदलिँदो अनलाइन किनमेल प्रवृत्तिलाई ध्यानमा राखी तयार गरिएको हो । च्वाइसले ग्राहक अनुभवलाई समृद्ध बनाउनुका साथै विक्रेताका लागि दीर्घकालीन विकासको अवसर समेत पनि प्रदान गर्ने दराजका ग्लोबल हेड अफ च्वाइस, जिआंग हान एडेलाले बताए ।