काठमाडौं । सीजीले ‘लेभल अप ! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ । कम्पनीको अनुसार यो विशेष योजनामा ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न उपहारहरू पाउनेछन् ।
यसमा क्यासब्याक ६१ हजार आठ सय रुपैयाँसम्म पाउनेछन् भने पक्का उपहारहरूमा मेरिडिया गुगल टीभी (६५–१०० इन्च)को खरिदमा स्पिकर, सेमी–अटोमेटिक र टप–लोड वासिङ मेसिनको खरिदमा दुई केजी एरियल पाउडर, फ्रन्ट–लोड वासिङ मेसिनको खरिदमा छ केजी एरियल पाउडर, साइड–बाई–साइड र मल्टि–डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर ग्राइन्डर, डिसवासरको खरिदमा डिसवासर किट र एयर कन्डिसनरको खरिदमा निःशुल्क इन्स्टलेसन सेवा रहेका छन् । कम्पनीका अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरमार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ ।