काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर शुक्रबार बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ ।

यसअघि रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको थियो ।