चितवन । चितवनमा जिपको ठक्करबाट स्कुटर चालक भरतपुर महानगरपालिका–६ का ५२ वर्षीया लक्ष्मी वाग्ले को मृत्यु भएको छ ।

ना४५प १७९५ नंको स्कुटरलाई शुक्रबार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५च २६४४ नंको जिपले ठक्कर दिँदा स्कुटर चालक वाग्लेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले घाइते वाग्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जानकारी दिए ।