काठमाडौं । अमेरिकास्थित अभिला युनिभर्सिटी र इन्युनीको सहकार्यमा वाग्मती सरसफाइ अभियान सञ्चालन गरिएको छ । शिक्षामा सामुदायिक सहभागिता र वातावरणीय चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले विद्यार्थी सामुदायिक संलग्नता कार्यक्रमअन्तर्गत शुक्रबार बिहान वाग्मती सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रममा अभिला युनिभर्सिटीका पीडीएसओ ड. एन्ड्र्यू भोगेल, इन्युनीका दक्षिण एसियाका अमेरिकी क्षेत्रीय निर्देशक सुवास थापा, होलिस्टिक डेभलपमेन्ट नेपालका वरिष्ठ उपाध्यक्ष शैलेश अधिकारी, विद्यार्थीहरू र स्वयंसेवकहरूले वाग्मती नदी किनार सफा गर्ने कार्य गरेका थिए ।
डा. भोगेलले विद्यार्थी विकास पाठ्यपुस्तकमा मात्रै सीमित नभएर सामुदायिक कार्यक्रममा समेत सहभागी हुनुपर्नेमा जोड दिए । यसले नेतृत्व क्षमता, वातावरणप्रति जिम्मेवारी र मानवता विकास गर्ने उनको भनाइ थियो ।