गोरखा । गोरखामा चट्याङ लागेर सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनालको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माका अनुसार आइतबार साँझ घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । प्रदेश अस्पताल गोरखामा उपचारका लागि लगिएको घाइते खनाललाई चिकित्सकले मृत घोषणा गरेको शर्माले जानकारी दिए । अहिले परीक्षणका लागि मृतकको शव अस्पतालमा राखिएको छ ।
त्यस्तै आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर १८ बर्षिया विपना आले र ५० वर्षकी सुकमायाँ आले घाइते भएका छन् । घाइते दुवैजनाकोे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।