काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यतीत बीमा लेखहरू नवीकरण गर्दा लाग्ने व्याजमा शत प्रतिशतसम्म छुट हुने भएको छ । कम्पनीले गत चैत मसान्तसम्म बीमाशुल्क तिर्नुपर्ने मितिले छ महिना नाघेका अर्थात् पूर्ण व्यतीत भएका बीमालेखहरू वैशाख १२ देखि आउँदो असार २० गतेसम्म नवीकरण गर्दा छुट दिने व्यवस्था गरेको हो । कम्पनीले परिपक्व हुन बाँकी अवधि १० वर्षदेखि माथि रहेको बीमालेखमा शत प्रतिशत, पाँच वर्षदेखि १० वर्षभन्दा कममा ५० प्रतिशत र दुई वर्षदेखि पाँच वर्षभन्दा कममा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।
कम्पनीका अनुसार दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको बीमालेखमा र एकपटक छुट सुविधा लिइसकेकाले यो सुविधा नपाउने र शतप्रतिशत छुट सुविधाबाट रिन्यु भएका बीमालेख समर्पण भएमा छुट रकम काटिने छ ।