काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड चार लाख ४१ हजार नौ सय ८७ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा पाँच करोड ४९ लाख दुई सय १८ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ८४ करोड ८१ लाख छ हजार रुपैयाँ रहेको फाइनान्सले चालु आवको तेस्रो त्रैमासमा छ अर्ब ७७ करोड ५५ लाख सात हजार सात सय २२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५२ करोड १० लाख १५ हजार आठ सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड नौ लाख ३४ हजार एक सय ४७ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले छ अर्ब नौ करोड ३० लाख ५७ हजार छ सय ७७ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९५ करोड २० लाख चार हजार सात सय ८१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ७१ लाख ३३ हजार आठ सय ७२ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा नौ दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५७ प्रतिशत रहेको थियो ।