काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही वैशाख २८ गते काठमाडौंको रानीमहल बैंकेट ज्ञानेश्वरमा आफ्नो २८ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने ३९ करोड ३३ लाख ९५ हजार सात सय ३० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।