काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन १५ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन आठ दशमलव १४ अंकले ओरालो लागेर २६ सय २३ दशमलव ८३ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५३ अंकले ओरालो लागेर चार सय ४२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ७९ हजार सात सय ७७ पकको कारोबारमा दुई करोड ४६ लाख ४१ हजार दुई सय ६१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम नौं अर्ब ३७ करोड ४१ लाख २२ हजार छ सय ५५ रुपैंयाँको शेयर किनबेच भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।