काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । उनलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको जानकारी दिए । कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले संरक्षक चौधरीलाई जन्मकैदको फैसला गरेको थियो । सोही मुद्दामा लामो समय कारागारमा रहेका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर रिहा भएका थिए ।