काठमाडौं । एनआईएमबी स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ । सेयर कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरूको लागि उपलब्ध छ ।
नयाँ टीएमएसको सुरुवातसँगै एनआईएमबी स्टक मार्केट्स लिमिटेडले नेपालको पुँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणालीमार्फत लगानीकर्ताले अनलाइनमार्फत सेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने सुविधा तथा मोबाइल उपकरणमा पनि सजिलो पहुँच रहेको छ ।
एनआईएमबी स्टक मार्केट्स लिमिटेड, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोबारको सेवा प्रदान गर्दै आएको छ । ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोगमार्फत नेपालको पुँजीबजारको विकासमा महत्वपूर्ण योगदन पुर्याउँदै आएको छ ।