काठमाडौं, साउन १८
सिद्धार्थ बैंक लिमिटेडले घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तिय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनका लागि सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकले ग्राहकहरुलाई नौ दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ ।
सो प्रदान गरिएको कर्जाको ब्याजदर एक वर्षसम्मका लागि स्थिर रहने बैंकले जानकारी दिएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ भने यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।